काठमाडौं, १० मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा अनुपस्थित् भएका छन् । प्रधानमन्त्री ओलीले आसन्न चीन भ्रमणको विषयमा सुझाव लिनको लागि पूर्व प्रधानमन्त्रीहरु, पूर्व परराष्ट्रमन्त्री र पूर्व राजदूतहरुलाई छलफलको लागि आज सिंहदरबारमा बोलाएका थिए ।
तर, सभापति देउवा भने प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा सहभागी नभएर मधेश झरेका छन् । उनी पार्टीको कार्यक्रमको लागि जनकपुर पुगेका छन् । प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा अर्का पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईपनि अनुपस्थित् छन् । उनी पनि पार्टीको कार्यक्रमको लागि गोरखा पुगेका छन् । file photo