Logo

रवि लामिछानेलाई भोलि बयानको लागि भोलि काठमाडौं ल्याईने



काठमाडौं, १० मंसिर । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछाने यतिवेला कास्की प्रहरीको हिरासतमा छन् । काठमाडौंबाट पक्राउ गरेर प्रहरीले उनलाई पक्राउ गरेकै दिन गत कार्तिक २ गते कास्की लगिएको थियो । यसबीच लामिछानेविरुद्ध पटक पटक म्याद थप भएको छ ।

उनलाई यो बीचमा बयानका लागि रुपन्देही लगिएको थियो । अहिले प्रहरीले बयानका लागि काठमाडौं ल्याउने भएको छ । उनलाई भोलि जहाजमार्फत नै काठमाडौं ल्याईउने उच्च प्रहरी स्रोतको दाबी छ ।

काठमाडौंमा भने लामिछानेविरुद्ध कालिमाटीमा मुख्यालय रहेको स्वर्णलक्ष्मी सहकारीमा ठगी गरेको आरोप छ । हिजोमात्रै लामिछाने कास्की जिल्ला अदालतले १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।



प्रतिक्रिया दिनुहोस्