काठमाडौं, ११ मंसिर । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिवेला गोरखामा छन् । उनी पार्टीको कामको सिलसिलामा हिजोमात्रै गोरखा पुगेका हुन् । त्यसको भोलिपल्ट आज भने उनी गोरखा नगरपालिका वडा नम्बर ५ मा रहेको नांग्लेपानीमा किसानहरुसँग व्यस्त देखिए ।
उनी किसानहरुसँग धान झाँट्नमा व्यस्त बनेका छन् । पछिल्लो दिन बाबुरामले गोरखा आवातजावत बाक्लो बनाएका छन् । उनी जानुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालपनि गोरखा पुगेका थिए । सो क्षेत्रबाट ०७९ को निर्वाचनमा प्रतिनिधिसभाको लागि प्रचण्ड निर्वाचित भएका हुन् ।