Logo

कांग्रेस नेतृत्व पँक्तिलाई कनकमणि दीक्षितको प्रश्न : नरेन्द्र मोदी शरणम यत्तिको हुनै पर्ने हो ?



काठमाडौं, ११ मंसिर। । वरिष्ठ पत्रकार तथा मानवअधिकारकर्मी कनकमणि दीक्षितले नेपाली कांग्रेस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शरण परेको र देश र जनताको स्वाभिमानको विचार नगरेको गम्भीर आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको सन्दर्भमा उनले कांग्रेसले अनेक अड्को थाप्ने काम गरेको आरोप लगाएका हुन् । सामाजिक सञ्जाल एक्समार्फत दीक्षितले कांग्रेसमाथि प्रश्न उठाएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाको तस्विरसहित दिक्षितले लेखेका छन्–

देशको प्रधानमन्त्री बेईजिङ जाँदा अनेक अड्को थाप्ने, यसो नगर उसो नगर भन्ने, परराष्ट्र मन्त्रालय सम्हालेको कांग्रेसको पुरै नेतृत्व पँक्तिले निर्वाचनको बेला जनताले सम्झनेछन भन्ने कुरा समेत ध्यान नदिएको हो ? नरेन्द्र मोदी शरणम यत्तिको हुनै पर्ने हो ? देश–जनताको स्वाभिमान विचारै नगर्ने ?



प्रतिक्रिया दिनुहोस्