Logo

भारतले ‘कहिल्यै नबिर्सिने र क्षमा नदिने मुम्बई हमला’ (26/11)को आज १६ वर्ष पूरा, ‘आतंकवाद समग्र मानव सभ्यताको लागि कलंक’



काठमाडौं । आजकै दिन सन् २००८ मा भारतको मुम्बईमा आतंकवादी हमला भएको थियो । यो हमला भएको आज १६ वर्ष पूरा भएको छ । भारतले यो घट्नालाई कहिल्यै नबिर्सिने र यस अपराधमा संलग्नहरुलाई कहिल्यैपनि क्षमा नदिने भनेको छ । भारत सरकारका गृहमन्त्री अमित शाहले यो घट्नालाई सम्झिँदै आज लेखेका छन्–‘आजकै दिन सन् २००८ मा भारतको मुम्बईमा कायर आतंकवादीले निर्दोष मानिसको हत्या गरेका थिए ।

यो हमलामा आतंकवादीहरुसँग लड्दा वीरगति प्राप्त गर्ने जवानहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र आफ्नो जीवन गुमाउनेहरुप्रति नमस्कार गर्दछु ।’ गृहमन्त्री शाहले आतंकवाद समग्र मानव सभ्यताको लागि कलंक हो भनेका छन् । उनले अघि भनेका छन्–‘आतंकवादको विरुद्धमा मोदी सरकारले जिरो टोलरेन्स (शून्य सहनशिलता) को नीति लिएको छ, यसलाई पूरै विश्वले सराहना गरेको छ । र, आज भारत आतंकवादविरोधी पहल लिनेमा विश्वमै अग्रणी बनेको छ ।’

२६ नोभेम्बर २००८ को रात मुम्बईमा लगातार ६० घण्टासम्म चलेको लगातारको गोलाबारीको उक्त हमलालाई पूरा भारतीय जनताले कहिल्यै बिर्सिने छैनन् । उक्त हमलामा एक सय ६६ जनाले ज्यान गुमाएका थिए । जसमा १८ जना सुरक्षा निकायका व्यक्ति मारिएका थिए । यो हमलाले पूरा भारतमात्रै नभएर विश्व नै हल्लिएको थियो । यो हमलामा पाकिस्तानमा केन्द्रीय मुख्यालय रहेको अतिवादी इस्लामिक संगठन लस्कर–ई–तोइबाको संलग्नताबारे भारतीय मिडियाले बारम्बार लेखिरहेका छन् ।

यसबारेमा स्वयम हमलामा संलग्न भएर बाँचेका पाकिस्तानी नागरिक अमिर अजमल कसाबले खुलासा गरेको जनाईएको छ ।
आतंकवादीले ताज महल प्यालेस होटलमात्रै नभएर भारतको सबैभन्दा व्यस्त रेलवे स्टेशनहरुमध्येको एक छत्रपति शिवाजी महाराज (सिएसटी) रेलवे स्टेशनमा आक्रमण गरेका थिए । जहाँ ठूलो संख्यामा हाताहाती भएको थियो । यहाँ ठूलो सङ्ख्यामा यात्रुुहरु उपस्थित थिए ।

जाँच अधिकारीहरुका अनुसार यहाँ आतंककारी अजमल आमिर कसाब र इस्माइल खानले गोलाबारी गरेका थिए । उनीहरु दुुबैले अन्धाधुन्ध गोली चलाउँदा ५८ जनाको मृत्युु भयो । आतंककारीहरुे होटेल, रेलवे स्टेशन, लियोपोल्ड क्याफे, दुई अस्पताल र एक सिनेमा हललाई निशाना बनाएर हमला गरेका थिए । यही घट्नापछि भारतले काउन्टर टेरोरिज्म क्यापाविलिटिजलाई बढावा दिएको हो । Photo Source: BJP/Twitter



प्रतिक्रिया दिनुहोस्