Logo

परराष्ट्रमन्त्री राणा आज चीन जाँदै, फर्केको दोस्रो दिन पुनः चीन उड्ने



काठमाडौं, मंसिर १३। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको औपचारिक भ्रमणमा आज त्यसतर्फ जाने भएकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन जान लागेकी उनी प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारीका लागि त्यसतर्फ जान लागेकी हुन् ।

परराष्ट्रमन्त्री डा. राणाले भ्रमणका क्रममा मंसिर १४ गते चिनियाँ समकक्षीसँग छेङ्दुमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । उक्त भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मंसिर १५ गते स्वदेश फर्कने डा. राणा मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा सहभागी भएर पुनः मंसिर १७ गते चीन जानेछिन् । मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन्। भ्रमण दलमा डा. राणा पनि सहभागी हुनेछिन्। भ्रमणमा सरकारी टोलीका अतिरिक्त उद्योगी व्यवसायी पनि हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्