काठमाडौं, १३ मंसिर । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज चीन भ्रमणमा निस्किँदैछिन् । उनी मंसिर १५ गते स्वदेश फर्किने भनिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७–२० गतेको भ्रमणको तयारीको रुपमा उनी आजै छेन्दु उड्न लागेकी हुन् ।
उनी स्वदेश फर्किएर प्रधानमन्त्री ओलीको भ्रमणमा सहभागी हुने भनिएको थियो । तर, राणानिकट उच्च स्रोतकाअनुसार उनी छेन्दुबाटै भोलि बेईजिङ जाने तयारी छ । उनी नेपाल नफर्किई प्रधानमन्त्री ओलीको भ्रमणमा सहभागी हुने तयारी भएको छ ।
आफ्नो भ्रमण सकाएर फर्किनेबित्तिकै फेरि प्रधानमन्त्री ओलीको भ्रमणमा सहभागी हुनुपर्ने भएकोले उतैबाट सहभागी हुने राणाको तयारी छ । file photo