Logo

जहाजबाट काठमाडौं ओर्लिनेबित्तिकै रविलाई पुलिसको भ्यानमा राखेर निकालियो, समर्थकद्धारा पक्षमा नाराबाजी (फोटोफिचर)



काठमाडौं, १३ मंसिर । सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई बयानको लागि काठमाडौं ल्याईएको छ । काठमाडौंको कालिमाटी मुख्यालय रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा रविविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि गत कार्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।

यो बीचमा उनलाई रुपेन्देहीपनि बयानको लागि लगिएको थियो । उनलाई बयानको लागि आज कास्कीबाट काठमाडौं ल्याईएको हो । उनलाई प्रहरीले जहाजमार्फत काठमाडौं ल्याएको हो । काठमाडौंको आन्तरिक विमानस्थलमा रवि ल्याईँदा उनका समर्थकहरुले प्लेकार्डसहित रविको रिहाईको माग गर्दै नाराबाजी गरेका थिए । उनलाई काठमाडौं झरेलगत्तै प्रहरीले आफ्नै भ्यानमा राखेर विमानस्थल बाहिरि निकालेको छ ।

तस्विर : मुकुन्द कालिकोट, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्