काठमाडौं, मंसिर १५ । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि बम राखेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका देउवाको धनगढी उपमहानगरपालिका–४ बसपार्क नजिकैको घर अगाडि बम राखेको आरोपमा गौरीगंगा नगरपालिकाका दानबहादुर धामीलाई पक्राउ गरिएको हो ।
पर्सा प्रहरीको हिरासतमा रहेका नेकपा (बहुमत) का एक नेताले देउवाको निवास अगाडि धामीलाई बम राख्न लगाएको बयान दिएपछि धामीलाई पक्राउ गरिएको हो ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले धामीका अनुसार गत भदौमा देउवाको निवास अगाडि अज्ञात समूहले विस्फोटक वस्तु राखेको थियो । उक्त विस्फोटक वस्तु बम भएको पाइएपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो ।