काठमाडौं, १५ मंसिर । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउत चीन प्रस्थान् गरेका छन् । उनी चीनको कुन्मिङ उडेका हुन् । काठमाडौंबाट चीनको लागि प्रस्थान गर्नुअघि उनले आफू सरकारी टोलीमा भने चीन उडेको होइन भनेर प्रष्ट्याएका छन् ।
राउतको विदेश दौडाह जारी छ । यसअघि उनी कोप सम्मेलनमा सहभागी भएर फर्किनेबित्तिकै कम्बोडिया गएका थिए । सो लगत्तै उनी कतार र मलेशियाको भ्रमणमा पनि पुगेका थिए । मलेशियाबाट फर्किनेबित्तिकै उनी आज चीनतर्फ हानिएका हुन् । उनले आफ्नो चीन भ्रमणको उद्देश्य भने खुलाएका छैनन् ।