काठमाडौं, १६ मंसिर । मधेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवविरुद्ध पार्टीभित्र र बाहिरबाट असन्तुष्टि चुलिन थालेको छ । मन्त्री यादवले मन्त्रालयलगत बजेट नै रोकिदिएपछि मधेश प्रदेशको विकास निर्माणको कार्य ठप्प भएको छ ।
कांग्रेस पार्टीभित्रको आन्तरिक किचलोको कारणपनि अहिले मन्त्रालयलगत बजेट रोकिनु रहेको बुझिएको छ । सरकारमा सहभागी कांग्रेसकै मन्त्रीहरुले पनि अर्थमन्त्री यादवको कदमको आलोचना गर्न थालेका छन् ।
मधेश प्रदेशको सरकारको नेतृत्व भने सिके राउत नेतृत्वको जनमत पार्टीका सतिशकुमार सिंहले गरिरहेका छन् । तर, कांग्रेस र एमालेले तत्कालै मधेश सरकारको नेतृत्वको विकल्प खोज्ने भनिसकेका छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केही दिन पहिले मधेश प्रदेशको यात्राको दौरान अब प्रदेश सरकारको नेतृत्व आफ्नो दलले गर्ने खुलासा गरेका थिए । file photo