काठमाडौं, १७ मङ्सिर । आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१ को थप नतिजा आउनेक्रम जारी छ । काठमाडौँ, काठमाडौँ महानगरपालिका वडानम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठले दुई हजार नौ सय दुई विजयी भएकी छन् ।
आइतबार सम्पन्न उपनिर्वाचनमा उनका निकटतम प्रतिस्पधी नेकपा (एमाले) का उम्मेदवार लक्ष्मीरत्न महर्जनले दुई हजार दुई सय २० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । कांग्रेसबाट विजयी तत्कालीन वडाध्यक्षमुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।
कीर्तिपुर, कीर्तिपुर नगरपालिका–१को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जनले पाँच सय ६२ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हर्ष महर्जनले चार सय ९८ गरेको निर्वाचन कार्यालयले जनाएको छ ।