Logo

स्थानीय तहको उपनिर्वाचनपछि बाबुरामको प्रतिक्रिया : जनता असन्तुष्ट छन्, विकल्प चाहन्छन्



काठमाडौं, १८ मंसिर । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्थानीय तहको उपनिर्वाचनको मतपरिणामले जनता असन्तुष्ट रहेको र उनीहरुले विकल्प चाहेको निश्कर्ष निकालेका छन् ।

उनले नयाँ र वैकल्पिक शक्तिहरुले यसबाट पाठ सिकेर आ–आफ्ना कमजोरीहरु सच्याएर अर्को पटक जनतालाई विश्वासिलो र भरपर्दो विकल्प दिन सक्नुपर्ने धारणा राखेका छन् । अन्यथा जनता अर्कै विकल्प खोज्न बाध्य हुने उनको भनाई छ ।

उनले फेशबुकमा लेखेका छन्–

स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएकोमा सबैलाई बधाइ तथा धन्यवाद१
दुइ बर्षभित्रै भएको ४१ वटा स्थानीय तहको उपनिर्वाचनमा अधिकांश ठाउँमा पहिले जितेको दलले हारेको र अर्को दलले जितेको देखिएको छ। साथै केही ठाउँलाई छाडेर अधिकांश ठाउँमा तीन पुराना दल नै एक अर्कोको विकल्प बनेकाछन्। यसको सोझो अर्थ हो जनता असन्तुष्ट छन्, विकल्प चाहन्छन्, तर नयाँ विकल्प नपाएर पुरानैमध्येबाट एउटालाई छान्न बाध्य छन्।
नयाँ र वैकल्पिक शक्तिहरूले यसबाट पाठ सिकेर, आआफ्ना कमजोरीहरू सच्याएर अर्को पटक जनतालई विश्वासिलो र भरपर्दो विकल्प दिन सक्नुपर्छ। अन्यथा जनता अर्कै विकल्प खोज्न बाध्य हुनेछन्।



प्रतिक्रिया दिनुहोस्