काठमाडौं, मंसिर १९ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले मुलुकमा सैन्य कानुन अर्थात् मार्सल ल लागू गर्ने आफ्नै अप्रत्यासित घोषणा व्यापक विरोधपछि फिर्ता लिएका छन् ।
राष्ट्रतिले मार्सल ल लागू गर्ने घोषणा गरेपछि विपक्षी मात्र नभई सत्तापक्षीय सांसदहरुले पनि एकमत भएर त्यसको विरोधमा संसदमा मतदान गरेका थिए । व्यापक विरोध र प्रदर्शनपछि राष्ट्रपति युनले आफ्नै घोषणा दुई घन्टा नबित्दै फिर्ता लिन बाध्य भएका हुन् ।
राष्ट्रपतिको घोषणा लगत्तै राष्ट्रपति कार्यालयको भवनभित्र पस्न प्रदर्शनकारीहरुले बार तोडफोड गरेका थिए । साथै सडकमा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको थियो ।
एक्कासी सैनिक शासन लागू भएको विरोधमा संसदबाहिर भेला भएका प्रदर्शनकारीहरु अहिले सो घोषणा उल्टिएको खुसीयाली मनाइरहेका छन् ।
मार्शल ल लागू हुनु भनेको सैन्य अधिकारीहरूले सङ्कटकालमा शासन गर्नु हो । यस अवधिमा सामान्य नागरिक अधिकारहरू निलम्बित हुनसक्ने खतरा रहन्छ ।