Logo

प्रचण्डको प्रशंसामा उत्रिए जनार्दन : उहाँको नेतृत्व नभएको भए जनयुद्ध हुने थिएन र गणतन्त्र ल्याउन सम्भव थिएन



काठमाडौं, १९ मंसिर । पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहालसँग लभ एण्ड हेटको रिलेशनमा रहेका नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले प्रचण्डको खुलेर प्रशंसा गरेका छन् । काठमाडौंमा आज (बुधबार) आयोजित गणतन्त्र सेनानी कोषको कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले प्रचण्डको नेतृत्व भएकै कारण नेपालमा जनयुद्ध सफल भएको र गणतन्त्र ल्याउन सकिएको जिकिर गरे ।

उनले भने,‘‘हाम्रो श्रेद्धय अध्यक्ष प्रचण्डको नेतृत्व नभएको भए जनयुद्ध हुने थिएन । गणतन्त्र ल्याउनका लागि सम्पूर्ण श्रेय प्रचण्डलाई दिन चाहन्छु ।’ सो क्रममा उनले माओवादी पार्टीलाई रि–ब्राण्डिङ गरिनुपर्नेमा जोड दिए । उनले जनयुद्धका धेरै कथाहरू र धेरै सत्यहरू उजागर गर्न बाँकी रहेको भन्दै त्यस कामको आवश्यकत्ता औंल्याए ।

शर्माले जनयुद्धमा मृत्यु कि मुक्तिको संकल्प बोकेर हिँडेकाले अझै धेरै काम गर्न बाँकी रहेको सम्झाए । उनले माओवादीलाई कमजोर बनाउन षड्यन्त्र गरिएको भन्दै त्यसको विरुद्ध एकजुट भएर सामना गर्नुपर्नेमा जोड दिए । file photo



प्रतिक्रिया दिनुहोस्