Logo

बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएपछि योगेशले दिए प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणालाई धन्यवाद



काठमाडौं, १९ मंसिर । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको दौरानमा नेपाल र चीनबीच बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई विशेष धन्यवाद ज्ञापन गरेका छन् । उनले यो सहमतिले नेपाल र चीनबीचको विकास सहकार्यमा दीर्घकालिन ढोका खुलेको बताएका छन् ।

उनले फेशबुकमा लेखेका छन्–

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको मित्र राष्ट्र चीन भ्रमणका दौरानमा नेपाल र चीन सरकार बीच आज बेल्ट एण्ड रोड सहकार्य ९बीआरआई०को फ्रेमवर्कमा हस्ताक्षर भएको छ । यसले द्यच्क्ष् का बारेमा भएका बहसलाई सकारात्मक निष्कर्षमा पुर्याएको छ भने नेपाल र चीन बीचको विकास सहकार्यमा दीर्घकालीन ढोका खुलेको छ।

यस विषयमा सफल नेतृत्व गर्नू हुने प्रम केपी ओली, नेका सभापति माननीय शेरबहादुर देउपा, चिनिया नेतृत्व, एमाले र नेकाको संयुक्त कार्यदल प्रमको भ्रमणदलम सामेल माननीय परराष्ट्र मन्त्री आरजु राणा लगायत सम्बद्ध सबैलाई विशेष धन्यवाद ।



प्रतिक्रिया दिनुहोस्