काठमाडौं, मंसिर २० । सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । सिंहदरबारस्थित समितिको बैठक कक्षमा दिउँसो १ बजे बस्ने बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यादेशका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
बुधबारको बैठकमा समिति सदस्यहरूले शिक्षा विधेयकमा आवश्यकताअनुसार विद्यालयहरू मर्ज गर्नसक्ने अधिकार स्थानीय तहलाई दिने व्यवस्था राख्नुपर्ने सांसदहरूले धारणा राखेका थिए ।