काठमाडौं, मंसिर २० । सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एकाबिहानै पोखरा पुर्याएको छ ।
चितवनमा बयान लिने काम सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गाडीमा राखेर राति नै पोखरा लगिएको हो । चितवनका प्रहरी प्रमुख चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले आज ३ बजे स्थलमार्गमार्फत लगिएको र बिहान ६ बजे लामिछानेलाई पोखरा पु¥याइएको जानकारी दिए ।
साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा हिजो (बुधवार) राति ८ बजेसम्म बयान लिएर सकिएपछि उनलाई पोखरा लगिएको प्रहरीले जनाएको छ । आज लामिछानेलाई उडानमार्फत पोखरा लगिने तयारी गरिएपनि सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै स्थलमार्ग हुँदै पोखरा पुर्याएको प्रहरीले जनाएको छ । बुधबार बयानकै क्रममा प्रहरी र प्रर्दशनकारीबीच झडप हुँदा प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए । भीड अनियन्त्रित भएपछि प्रहरीले पानीको फोहोरा , अश्रुग्याँस, लाठी चार्ज समेत गर्नुपरेको थियो ।