काठमाडौं, २० मंसिर । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सन्दर्भमा बीआरआई ऋणमा नभएर अनुदानमात्रै लिनुपर्छ भन्नेहरु अहिले भ्रमणको क्रममा ‘एड एसिस्टेन्स फाईनान्सिङ’ भनेर सहमति भएपछि अनुदानमात्रै भनेर बबण्डर मच्चाउनेहरुले हावा खाएको टिप्पणी गरेका छन् ।
तर, यस्तो सहमति भएपछि अनुदानमात्रै भन्नेहरुले पनि गज्जब भयो भनेर भनिरहेकोमा मिश्रको असन्तुष्टि छ । उनले एमसिसी र बीआरआईमा बबण्डर गर्नेहरुले हावा खाएको उल्लेख गर्दै यसे काँचो, निहित राजनीतिक स्वार्थ–प्रभावित कुटनीतिले देशको इज्जत र विश्वसनियता बढाउन नसक्ने टिप्पणी गरेका छन् । उनले बीआरआईजस्तो विशाल परियोजनामा नेपालका सत्तासिन दलका नेताले गृहजिल्लामा हल र पार्क बनाउन माग्नुले बेईज्जतिको पराकाष्ठा नाघेको भनेका छन् । उनले पीडा र लज्जाले एकपटक मात्र दुख्ने बताएका छन् ।
मिश्रले फेशबुकमा लेखेका छन्–