Logo

उद्योगमन्त्री भण्डारी भारत भ्रमण सकेर फर्किए, चौथाइवालेदेखि जयशंकरसम्मको भेटबारे के भने ?



काठमाडौं, २० मंसिर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसंघको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा यही मङ्सिर १७ र १८ गते भएको दुईदिने २९औँ साझेदारी शिखर सम्मेलनमा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका थिए ।

मन्त्री भण्डारीले भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले, भारतीय विदेशमन्त्री डा. एस जयशंकर, समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल, पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरी, उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमन्त्री प्रल्हाद जोशी, भारतीय उद्योग परिसंघका पदाधिकारीलगायतसित भेटवार्ता गरेका थिए ।

चौथाइवालेसँगको भेटका क्रममा उनले दुई देशबीचको सौहाद्र सम्बन्धका विषयमा कुराकानी गरेको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्