Logo

रवि लामिछानेप्रति मेरो सधैं सद्भाव छ, उहाँलाई प्रतिशोधपूर्ण व्यवहार गरियो : बाबुराम भट्टराई



काठमाडौं, २१ मंसिर । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेसँग भेट गरेका छन् । उनले लामिछानेलाई राज्यले प्रतिशोधपूर्ण व्यवहार निकालेको प्रतिक्रिया दिएका छन् । उनले रवि लामिछानेप्रति आफ्नो सधैं सद्भाव नै रहेको पनि विश्वास दिलाए ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई भेटेर निस्किएका भट्टराईलाई पत्रकारले हिम्मतका साथ भेट्न आउनुभयो नि भन्ने प्रश्न राखेका थिए । प्रश्न खस्न नपाउँदै भट्टराईले जवाफ फर्काए–‘हिम्मत त के हामी सधैं व्यवस्थाविरुद्ध विद्रोह गर्दै आएका मान्छे हौं । हिजो पञ्चायतसँग लडियो, बहुदलीयकालमा लडियो । पछि यता आएपछि प्रचण्डजीको गणतन्त्रसँगपनि लडियो । हिम्मत त हाम्रो सधैं छ । रविजीलाई मैले नयाँ शक्ति अभियान सुरु गरेपछि जुन राजनीतिक शक्ति उदयी भैरहेको छ, तीमध्ये एउटा सशक्त धारको नेतृत्व गर्ने नेताको रुपमा बुझ्छु । त्यसैले उहाँप्रति मेरो सधैं सद्भाव पनि छ । तर अहिले उहाँप्रति जुन ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भैरहेको छ, यो अलिक अस्वभाविक भयो भनेर नै म एक्येबद्धता जनाउन यहाँ आएको हुँ । उहाँको स्वास्थ्य पनि बुझ्नपनि आएको हुँ, उहाँ स्वस्थ नै हुनुहुन्छ । उहाँलाई यो चाहीँ अलिक प्रतिशोधपूर्ण नै भयो भन्ने बुझ्छु ।’



प्रतिक्रिया दिनुहोस्