काठमाडौं, २२ मंसिर । पूर्व प्रधानमन्त्री झलनाथ खनाल एक साताको भ्रमण सकेर चीनबाट आज फर्किँदैछन । गत शनिबार चीन भ्रमणमा गएका खनाल आज स्वदेश फर्कन लागेका हुन् । उनी चीनको परियोजना बिआरआइका पक्षधर नेताको रूपमा परिचित रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली चार दिने भ्रमणमा रहेको बेला उनी पनि चीन गएका थिए । चीनको ग्वान्जाओमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन शनिवार त्यसतर्फ प्रस्थान गरेका थिए ।
नेकपा एसका सम्मानित नेतासमेत रहेका खनालसग चिनियाँ नेतृत्वले गरेको उच्चस्तरीय छलफल र अन्य विविध समसामयिक विषयका बारेमा जानकारी गराउने भएका छन् । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बिहान ११ः२० पत्रकार सम्मेलन गर्ने उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन् ।