Logo

कांग्रेस–एमाले गठबन्धन केही नेता र लोभी–पापीहरूको लागिमात्रै ठीक ढंगले चलेको छ : केदार कार्की (भिडिओसहित)



काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले अहिलेको कांग्रेस र एमालेको सत्ता गठबन्धन केही नेता र लोभी–पापीहरुको लागिमात्रै ठीक ढंगले चलेको तर जनताको आवश्यकत्ता पूरा नगरेको आरोप लगाएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘यो गठबन्धन केही नेता र लोभी पापीहरुको लागि मात्रै ठीक ढंगले चलेको छ, जनताको आवश्यकत्ता पूरा गरेको छैन् । यो गठबन्धनको कुरा गर्दा बीआरआईको कुरामा जनतालाई झुटो कुरा गरिएको छ । झुटको पुलिन्दालाई रंगरोदन गरेर लेश लगाएर जनतामा प्रस्तुत गर्न खोजिँदैछ । जुन कुरा जनताले थाहै पाएका छैनन् । यो सरकार सुशासनमा केन्द्रिकृत छैन् । जनताले सजिलै सेवासुविधा पाउन सकेका छैनन् । त्यसप्रति सरकार केन्द्रित भएको छैन् । कांग्रेसले सरकार सञ्चालनमा पनि ध्यान दिनुपर्यो ।’

उनले कांग्र्रेस बदनाम भैराखेर सरकारमा बस्नुको औचित्य नहुने टिप्पणी गरे । उनले कांग्रेसले आफ्नो छवि बचाउनेतर्फ ध्यान दिने बेला आएको सुझाए । उनले भने,‘र्होईन, माओवादीसँग मिल्नुपर्ने वा नमिल्नुपर्ने, वा अर्को गठबन्धन बन्ने एउटा कुरा होला । तर, कांग्रेसले आफ्नो छवि बचाउनुपर्छ । कांग्रेसको लोकतान्त्रिक चरित्रमा कमी गर्नुहुन्न ।’ कोशी प्रदेशमा पार्टीको कार्यक्रममा शेखर कोइरालालाई ह्युमिलियट गरिएपछि कोइराला अर्को जिल्लाको कार्यक्रममा सरिक भएको कार्कीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्