Logo

मानव अधिकार रक्षाका लागि एकताबद्ध हुन अपिल गर्दछु : प्रचण्ड



काठमाडौं, २५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मानव अधिकारको रक्षाको लागि एकताबद्ध हुन सरोकारवाला सबैमा अपिल गरेका छन् । विश्व मानवअधिकार दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै दाहालले यस्तो अपिल गरेका हुन् । उनले लेखेका छन्–

आज विश्व मानव अधिकार दिवस। विश्व जगतमा बढिरहेको वर्गीय द्वन्द्व, शक्तिशाली भनिनेद्वारा थोपरिएको जबर्जस्त युद्ध र नरसंहार, प्रकृतिमाथिको दोहनबाट पर्वतीय मुलुकका जनताले भोग्नुपरेको पर्यावरणीय असर, नेपालमा बढ्दो भ्रष्टाचार, बेथिति र शासकीय निरंकुशताले मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा चुनौती खडा गरेको छ। यावत चुनौतीको सामना गर्दै मानव अधिकार रक्षाका लागि एकताबद्ध हुन सरोकारवाला सबैमा हार्दिक अपील गर्दछु।



प्रतिक्रिया दिनुहोस्