Logo

अञ्जन श्रेष्ठपछि उद्योग वाणिज्य महासंघमा प्रत्यक्ष निर्वाचन, चन्द्र ढकालको बोल्ड निर्णयको प्रशंसा



काठमाडौं, २६ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाएका छन् । उनले सबै पदाधिकारीलाई विश्वासमा लिएर यस्तो व्यवस्था हटाएका हुन् । यद्धपी यो व्यवस्था हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठपछि लागु हुनेछ । अब महासंघको नेतृत्व प्रत्यक्ष निर्वाचनबाट चयन हुने निर्णय भएको हो ।

हिजो (मंगलबार) बसेको विशेष साधरणसभाले यस्तो निर्णय लिएको हो । साधारणसभाले लिएको संशोधनको निर्णयअनुसार अध्यक्षको कार्यकाल २ वर्ष, उपाध्यक्ष ५ जना र १ जना वरिष्ठ उपाध्यक्ष हुने व्यवस्था गरेको छ। अबको नेतृत्व हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले गर्नेछ । श्रेष्ठको कार्यकालपछि भने नेतृत्व प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको हो ।

महासंघजस्तो गरिमामय इतिहास बोकेको संस्थामा टिका प्रथाजस्तो वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने व्यवस्थाले संस्थाको गौरवमा धक्का पुगेको महशुस गर्दै नेतृत्व प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्नेमा अध्यक्ष ढकाल सुरुदेखि नै लागेका थिए । उनले सबै पदाधिकारीको विश्वास जितेर नै यो निर्णय गराएका हुन् । अहिले उनको चौतर्फी प्रशंसा भैरहेको छ । file photo



प्रतिक्रिया दिनुहोस्