Logo

एमालेले भन्यो : मतदाताको मत परिवर्तन गर्ने प्रवृत्तिलाई गम्भीरतापूर्वक लिएका छौं



काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) ले स्थानीय तह उपनिर्वाचनको समीक्षा गरेको छ । हिजो बसेको पार्टीको सचिवालय बैठकमार्फत एमालेले निर्वाचनका् समिक्षा गरेको हो । एमालेले उपनिर्वाचनमा एक अध्यक्ष, दुई उपाध्यक्ष र पाँच वडाध्यक्ष गरी आठ पदमा विजय प्राप्त गरी तुलनात्मकरूपमा थप उपलब्धि हासिल गरेको निश्कर्ष निकालेको छ ।

तर, उक्त परिणामलाई पार्टीले गम्भीरतापूर्वक लिएको उपमहासचिव ज्ञवालीले गराए । उनकाअनुसार खासगरी शहरी क्षेत्रमा पार्टीले गरेको अपेक्षाका साथै समग्रमा निर्वाचनमा देखिएको मतदाताको मत परिवर्तन गर्ने प्रवृत्तिलाई गम्भीरतापूर्वक लिँदै जनप्रतिनिधिले जनताको मन जित्नेगरी काम गर्नुपर्छ भन्ने निष्कर्ष बैठकले निकालेको छ । file photo



प्रतिक्रिया दिनुहोस्