Logo

ओली र मोदी दुवैको भ्रमण आदानप्रदान हुने उद्योगमन्त्री भण्डारीको दाबी



काठमाडौं, २८ मंसिर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण निकटभविष्यमा नै हुने दाबी गरेका छन् । आफ्नो भारत भ्रमणको क्रममा भारतीय पक्षसँगको कुराकानीमा प्रधानमन्त्री ओलीको भारत भ्रमण छिट्टै हुने थाहा मन्त्री भण्डारीको भनाई छ ।

प्रधानमन्त्री ओली चीन भ्रमणमा रहेको समयमा मन्त्री भण्डारी भारत भ्रमणमा थिए । सो क्रममा उनले भारतीय विदेशमन्त्री डा. एश. जयशंकरसँगसमेत भेट गरेका थिए । मन्त्री भण्डारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीपनि छिट्टै नेपाल भ्रमणमा आउने बताए । दुवै पक्षबाट दुवै देशका प्रधानमन्त्रीको भ्रमणको आदानप्रदानको तयारी भएको उनको खुलासा छ।

पहिले मोदी आउने वा पहिले ओली भारत जाने भन्ने केही दिनभित्रै टुँगो लाग्ने बताईएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा यतिवेला युरोप भ्रमणमा छिन् । उनी उतैबाट भारत ओर्लिने तयारी छ । उनको भारत भ्रमणपनि प्रधानमन्त्री ओलीको भ्रमणको तयारीको लागि हुनसक्ने अड्कलबाजी भैरहेको बेलामा मन्त्री भण्डारीको यस्तो भनाई आएको हो । प्रधानमन्त्री ओलीले झापाको एक कार्यक्रममा आफू छिट्टै भारत भ्रमणमा जाने खुलासा गरेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्