Logo

जसपा नेपालका तीन वटा नगर समिति पुनर्गठन



काठमाडौँ, २८ मङ्सिर । जनता समाजवादी पार्टी, (जसपा) नेपालका तीन वटा नगरसमिति पुनर्गठन गरिएका छन् । ललितपुर महानगरपालिका, महोत्तरीको बर्दिबास नगरपालिका र नुवाकोटको बेलकोटगढी नगरपालिकाका नगरसमिति पुनर्गठन गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनले भने, “सुरेश डङ्गोलको अध्यक्षतामा १५ सदस्यीय ललितपुर महानगर समिति, गोविन्द यादवको अध्यक्षतामा १३ सदस्यीय बर्दिबास नगरसमिति तथा स्वस्तिका राईको अध्यक्षतामा ११ सदस्यीय बेलकोटगढी नगरसमिति गठन भएको छ ।”

त्यसैगरी जसपा नेपालले पार्टीका केन्द्रीय नेतालाई सङ्गठन निर्माण अभियानमा खटाएको र प्रत्येक केन्द्रीय नेतालाई पालिका समिति गठन, पुनःगठनको जिम्मेवारी तोकिएको बस्नेतले बताए । रासस



प्रतिक्रिया दिनुहोस्