Logo

कांग्रेस महामन्त्री शर्मासहितको टोलीद्वारा लोबुचे हिमालको सफल आरोहण



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद दिवसको सन्दर्भ पारेर लोबुचे हिमाल आरोहण गरेका छन् । गत मंसिर २१ देखि खुम्बु पदयात्रामा रहेका महामन्त्री शर्मासहित पाँच जनाले आज (मंसिर २८ गते) विहान ६ः ४५ बजे ६ हजार १४५ मिटर उचाईको लोबुचे हिमाल सफल आरोहण गरेका हुन् ।

आरोहण दलमा अनुसन्धानकर्ता प्रकाश लामिछाने, इन्जिनियर सुभाष अधिकारी, पदम शर्मा तथा किर्तीमानी आरोही द्वय मिङ्मा शेर्पा र लाक्पा शेर्पा सहभागी थिए । आरोहण दलका सदस्य लामिछानेका अनुसार यो पटक हिमाल आरोहण मार्फत विभिन्न ९ बिषयलाई ध्यानाकर्षण गराउन खोजिएको छ ।

  • जलवायु परिवर्तनले हाम्रा हिमालहरुमा पुर्‍याएको असरको स्थलगत अध्ययन गरेर संसद, सरकार र संसारको गम्भीर ध्यानाकर्षण गराउने ।
  • पुर्वदेखि पश्चिमसम्मको समग्र हिमाली क्षेत्रका नागरिकले थप भोग्नुपरेको चुनौतीको थप अध्ययन गरेर समाधानका लागि सम्बन्धित सबै तहको ध्यानाकर्षण गराउने ।खुम्बु पदयात्रा क्रममा लुक्ला, फाक्दिङ, नाम्चे, तेङ्बोचे, दिबुचे, दिङ्बोचे, थुक्ला र लुबुचे हाइक्याम्प हुँदै पदयात्रा क्रममा टोलिले लोबुचे हिमाल आरोहणका अतिरिक्त थामसेर्कु, आमादब्लम, चोलात्से, आइल्याण्ड पिक, तबुचे, पुमरी, मकालु लगायतको हिमालको अवस्थालाई ३खुम्बु)पदयात्रा क्रममा नजिकबाट दृश्यावलोकन र स्थानीयवासिसँग व्यापक संवाद गरेको थियो ।
  • नेपालको उच्च हिमाल आरोहण गर्ने हालसम्मका सबै पर्वतारोहीको सम्मान िपर्वतारोहणमा महत्वपूर्ण भुमिका खेल्ने शेर्पा समुदाय, गाइड तथा श्रमिकहरुप्रती सम्मान । खासगरी हिमाली श्रमिकहरुको असुरक्षित जीवनलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने बिषयमा गम्भीर ध्यानाकर्षण गराउने । पर्वतारोहण क्रममा जीवन गुमाएकि पासाङल्हामु शेर्पादेखि सबै स्वदेशी र विदेशी आरोहीप्रती श्रद्धा र श्रद्धाञ्जली ।
  • पर्यटन क्षेत्रको विकासमा राज्यको बिशेष प्राथमिकताका लागि बिशेष ध्यानाकर्षण गराउने । आन्तरिक पर्यटन अभिवृद्धिका लागि साहसी पर्यटनप्रती इच्छुकहरुमा प्रेरित गराउने ।
  • नागरिक विश्वास बलियो बनाउने गरि संसदको भुमिकालाई गतिशील तुल्याउन अपील, शिक्षा, निजामती प्रशासन, प्रहरी लगायत दर्जन महत्त्वपूर्ण विधेयकलाई निष्कर्षमा पुर्‍याउन संसद दिवस सन्दर्भ पारेर गरिएको यो आरोहण क्रममा सम्माननिय सभामुख मार्फत सम्बन्धि सबैमा अपील गर्ने ।
  • हिमालजस्तै पवित्र र कञ्चन नेपाली समाज बनाउनु सबै नेपालीको साझा कर्तव्य हो । यो आरोहण मार्फत नेपाली समाजमा रहेका जातिय विभेद, बालश्रम र घरेलुु हिंसा लगायतका अनेकौं विसंगति अन्त्य गर्न दलहरू, संसद, संघसंस्था र सिंगो राज्यलाई लोबुचे हिमालको पिकबाट गम्भीर रूपमा घच्घच्याउने ।
  • नेपालको समुन्नतिका लागि हिजो राजनीतिक परिवर्तन भयो, अब राजनीतिमा परिवर्तन जरुरी छ। संयम र परिपक्वतासाथ आजको पद्धतिभित्र प्रवृत्तिको रुपान्तरण गर्दै नागरिक पंक्तिमा नवीन आशा र विश्वासको अभिवृद्धिका लागि सबैलाई अपील गर्ने ।
  • भ्रष्टाचार, ठगी र अनियमितता नियन्त्रणका लागि निकटका हुन् या इतरका कोहि कसैप्रतिपनी कुनै मोलाहिजा नराखी दृढ़ कानुनी कार्वाहीलाई अझ व्यापक बनाउन आह्वान गर्ने ।
  • कयौं भौतिक पुर्वाधार निर्माण ढिलासुस्तीले नागरिक पंक्तिमा असन्तुष्टि निरन्तर बढेको देखिन्छ िसडक, पुल जस्ता भौतिक निर्माणको कार्य ३ सिफ्टमा गर्ने गरि पुँजिगत खर्च वृद्धि सम्बन्धि नयाँ कानुनी बन्दोबस्तका लागि सरकारलाई अपील गर्ने ।
  • समुन्नतिका लागि अपनत्व विस्तार सहितको स्थिर संसदीय प्रणाली, अनि प्रणालीको सबलताका लागि ५ बर्षे स्थिर प्रधानमन्त्रीको पद्धति खोजीका लागि विल्कुलै नवीन बहसको थालनी गर्ने ।



प्रतिक्रिया दिनुहोस्