Logo

सरकार र गठबन्धनबारे देउवा कन्भिन्स हुनुहुन्छ, अरु झिनामसिना कुरामा अल्झिन हुँदैनः एमाले नेता रिजाल (भिडिओसहित)



काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले चिनिया विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) फ्रेमवर्क सम्झौताको कारण वर्तमान सरकार तलमाथि नहुने बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सत्तारुढ दल नेपाली कांग्रेस र एमालेबीच घनिभूत छलफलपछि नै बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन जानुभन्दा पहिला पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरु समेतलाई बोलाएर छलफल गरी बीआरआईको सम्बन्धमा राष्ट्रिय सहमति नै जुटाएको उनको दाबी छ ।

‘सत्तापक्ष, प्रतिपक्ष र सिंगो राष्ट्रको प्रतिनिधित्व गरेर प्रधानमन्त्रीले चीनसँग वार्ता गर्नु भएको छ । हामीले पठाएको ड्राफ्टमा, हामीले छानेका शब्दहरुमा बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ । फर्केर आएपछि र कांग्रेस–एमालेको बीचमा बैठक बसेको छ । आजको प्रतिनिधित्व कांग्रेसबाट शेरबहादुर देउवाले गर्नुहुन्छ । परराष्ट्रमन्त्री डा. आरजु राणा हुनुहुन्छ । उहाँहरुले यसको विरोध गरेको सुन्नुभएको छ ? प्रक्रियामा सामेल नभएका साथीहरु, उहाँहरुको पार्टीभित्रको आन्तरिक कुरा के छ ? हामी त्यो झिना मसिना कुरामा अल्झिन हुँदैन,’– उनले भने ।

साथै, अहिले वर्तमान गठबन्धन परिवर्तन हुनुपर्ने कुनै तात्विक कारण नरहेको उनले बताए । कांग्रेस–एमालेबीच सरकार बन्दा भएका सहमति कायमै रहेको उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्