नवलपरासी, २९ मंसिर । गृहमन्त्री रमेश लेखकले अहिलेको कांग्रेस–एमालेको गठबन्धनमा कुनै समस्या नभएको भन्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने दाबी गरेका छन् । उनले गठबन्धनको विषयमा विभिन्न प्रकारको हल्ला फैलाउने कोशिस भएपनि गठबन्धनभित्र कुनै समस्या नरहेको जिकिर गरे । नेपाल प्रेस युनियन नवलपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिलेको सत्ता गठबन्धन संविधान संसोधन तथा राजनितिक स्थायित्वका लागि बनेको भन्दै त्यस दिशामा अघि बढ्ने दाबी गरे । उनले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मानवअधिकार उल्लंघनको कुनै पनि व्यवहार नभएको स्पष्ट पारे । उनले भीडले न्याय निरुपणमा अवरोध गर्न नहुने भन्दै रास्वपाको आन्दोलनप्रति आपत्ति जनाए ।