Logo

सभापति देउवाले पार्टी चलाउन सक्नुभएन, दोस्रो कार्यकाल झनै खराब भयोः कांग्रेस नेता घिमिरे



काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका नेता गुरु घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाको दोस्रो कार्यकाल झनै खराब बन्दै गएको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभापति देउवाले नेतृत्वमा रहेर भातृ संगठन, शुभेच्छुक संस्था, विदेशी शाखाहरुको अभिवेशन गराउन नसकेको नेता घिमिरेले बताए ।

नेता घिमिरेले सभापति देउवाले निर्धारित समयमा नै १५औं महाधिवेशन गराउनेमा पनि आशंका व्यक्त गरे । ‘तीन वर्षको क्रियाकलाप अपेक्षाअनुसार अगाडि बढ्न सकेन । पार्टी सभापतिज्यूको पहिलो कार्यकाल र दोस्रो कार्यकालको हामीले तुलना गर्ने हो भने दोस्रो कार्यकाल अझ खराब भएर गयो । भातृ संगठन, शुभेच्छुक संस्था, विदेशी शाखाहरुको अभिवेशन भएन । चौथो वर्षभित्र महाधिवेशन गराउने प्रक्रिया आज प्रारम्भ भएन । पार्टी तदर्थवादमै चल्यो, परम्परागतवादमै चल्यो र पार्टीले नयाँपन दिन सकेन भन्ने कुरा आज कसैको पनि दुईमत छैन,’– उनले भने ।

साथै, नेताहरुले पार्टीलाई आन्तरिक र निजी मामला बनाउन नहुने उनले बताए । मुलुकभरीबाट आज कांग्रेसजनहरुले प्रश्न उठाइरहेको र निर्धारित समयमा महाधिवेशन सम्पन्न गराउनुपर्ने उनले बताए । उनले महाधिवेशन सार्ने परिस्थिति अहिले किन्तु परन्तु नरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्