Logo

राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनेगरी संविधान संशोधन गरिनुपर्छः पूर्वप्रधानमन्त्री भट्टराई



काठमाडौँ, २९ मङ्सिर । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकमा राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको बताएका छन् । रातो झिल्को पत्रिकाको १६ अङ्क ‘बहस संविधान संशोधनः अग्रगामी कि पश्चगामी ?’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसँगै प्रतिनिधि सभा र प्रदेश सभालाई पूर्ण समानुपाति गर्नुपर्ने धारणा राखेका हुन् ।

‘राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित रहने, प्रतिनिधिसभा र प्रदेशसभा नीति निर्माण गर्ने तथा मन्त्रिमण्डल समावेशी र विषयविज्ञका आधारबाट सभाबाहिरबाट ल्याउने गरी संविधान सशोधन गरिनुपर्छ,’– पूर्व प्रधानमन्त्री भट्टराईले भने ।

यस्तो प्रणालीले राजनीति स्थायित्व, विविधता र समावेशीका मुद्दा सम्बोधन गर्न सक्ने बताउँदै उनले संविधान संशोधन गर्ने विषयलाई पनि व्यापक बहस चलाउँदै खास–खास मुद्दामा जनमतसमेत गर्न सकिने बताए । उनले संविधान संशोधनको मुख्य विषय अन्तरवस्तु र प्रक्रिया भएकाले छलफल र बहसका आधारमा टुङग्याउन सकिने धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्