Logo

विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा भागबण्डा नगर्न गोकुल बास्कोटाको खबरदारी



काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) का नेता एवं पूर्व मन्त्री गोकुल बास्कोटाले विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा भागबण्डा नगर्न सुझाव दिएका छन् । उनले भागबण्डामा नभएर क्षमताको आधारमा पदाधिकारी नियुक्ति गरिनुपर्ने बताएका छन् । अहिलेको सरकारले त्यो काम सजिलै गर्नेमा पनि उनले विश्वास व्यक्त गरेका छन् ।

‘विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्दा भागवन्डा हैन गुणवन्डा हुन आवश्यक छ ।अहिलेको सरकारले त्यो काम सजिलै गर्छ भन्ने विश्वास छ मलाई,’– बास्कोटाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

त्रिभुवन विश्वविद्यालयको गत सिनेट बैठकमा पदाधिकारी नियुक्ति लगायतका विषयमा नोकझोक नै चलेको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा मेरिट बेशमा विश्वविद्यालयका पदाधिकारी नियुक्तिको सुरुवात गरेकाले त्यसलाई निरन्तरता दिइनुपर्ने माग विद्यार्थी नेताहरुको रहको छ । विश्वविद्यालयका डीन, डाइरेक्टर, क्याम्पस चिफ, विभागीय प्रमुखलगायतका नियुक्त मेरिटवेशमा गरिनुपर्ने आवाज उठिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्