Logo

तोलामा २२ सयले घट्यो सुनको मूल्य



काठमाडौं, मंसिर ३० । साताको पहिलो दिन आज सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। शुक्रबार प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्