Logo

चीनले दमनबाट होईन, जनताको चित्त बुझाएर विकास गरेको छ : प्रधानमन्त्री ओली



काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले राजनीति गर्न बनेको पार्टी नभई देश बनाउन बनेको पार्टी भएको बताएका छन् । ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशालालाई आज (आइतबार) पार्टी मुख्यालय च्यासलबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘हाम्रो पार्टी जन्मैदेखि एउटा महान उद्देश्य बोकेर जन्मिएको पार्टी हो । यो राजनीति गर्न बनेको पार्टी होईन । यो देश बनाउन बनेको पार्टी हो । देशमा परिवर्तन ल्याउन, सकारात्मक परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनको अहिलेसम्मका परिस्कृत रुपहरुमध्ये उच्चतम रुपमा बनाउनको लागि बनेको हो । जनता अधिकारसम्पन्न होउन । गरिवी निवारण हुनुपर्यो, खान र लगाउन जनताले पाउनुपर्यो । बाँच्नु मुख्य कुरा हो । जनताले सजिलोसँग बाँच्न पाउनुपर्यो । आवास हुनुपर्यो । छोराछोरी पढाउन पाउनुपर्यो । देश बनाउन कम्युनिष्ट पार्टी नै चाहिन्छ ।’

देश बनाउनको लागि कम्युनिष्ट पार्टी नै चाहिने कुराको पनि व्याख्या गरे । उनले भने,”किन कम्युनिष्ट पार्टी नै चाहिन्छ ? समाजवादी नै चाहिन्छ ? नामको समाजवादी होईन नि, तपाईंहरुले एस, उस सम्झिनुभएको होला । त्यस्तो एस, उस होईन । समाजवादी भनेको जनतावादी, परिवर्तनवादी, अधिकारवादी हो । यस्तो काम कम्युनिष्ट पार्टीले मात्रै गर्नसक्छ, अल्टिमेट्ल्ली । अहिलेसम्म विश्वका शक्तिशाली देशहरुले गरिवी निवारण गर्न सकेका छैनन् । सयौं वर्षदेखि समृद्धि हाँसिल गरेका र दुनियाँका विकसित भनेर कहलिएका देशहरुले एक हिस्सा जनताको अवस्था गरिवीबाट माथि उठाउन सकेका छैनन् । भिख मग्गा बनाएर छोडिदिएको छ । भोकै मनुपर्ने स्थितिमा पुर्याएर छोडिदिएको छ । तर, एउटा के देखिन्छ भने चीनले कम्युनिष्ट पार्टीको नेतृत्व भएको हुनाले चीनले केही पनि नभएका ठाउँबाट (केहीपनि थिएन) त्यस्तो ठाउँबाट राज्य सत्तालाई हरेक ठाउँमा सुप्रिमेसी हाँसिल गर्दै श्रेष्ठता हाँसिल गर्दै गर्दै प्रतिष्पर्धा गर्दै जहाँ जस्तो पर्छ, युद्धको मैदानमा जाँदाखेरि एउटा खेलका नियम भनेर हुन्नँ ।”

उनले जतिबेला जस्तो परिस्थिति आउँछ त्यस्तै गर्नुपर्ने भन्दै खेलको एउटामात्रै नियम भनेर बस्न नहुने सुनाए । सो क्रममा उनले चीनको आर्थिक प्रगतिको पनि प्रशंसा गरे । उनले भने,‘आज चीन विश्वमै आर्थिक रुपमा महाशक्तिको रुपमा उदाएको छ । विज्ञान र प्रविधिको प्रयोग र विकासको सन्दर्भमा आफ्नो ढगले अघि बढेको छ र श्रेष्ठता हाँसिल गरेको छ । राजनीतिक स्थिरता र स्थायित्व अत्यन्तै सुन्दर ढंगले, त्यत्रो जनसंख्या, राजनीतिक स्थिरता र स्थायित्व एवम् दमनबाट होईन जनताको चित्त बुझाएर, कम्युनिष्ट पार्टीले जनतालाई सेवा गरेर त्यो प्रवृत्ति छ त्यहाँ । पार्टीको पक्षमा बोल्ने प्रवृत्ति छ । विरोधीका आक्रमण र हमलाहरुलाई कसरी पराजित गर्ने, त्यो तरिका अवलम्बन गर्ने । अनुशासित र एकताबद्ध भएर चल्ने । ९ करोडभन्दा बढि पार्टी ’



प्रतिक्रिया दिनुहोस्