काठमाडौं, ३० मंसिर । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक जारी रहेको छ । बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । आजको बैठकको चौथो दिन बेदुराम भुसाल, रामकुमारी झाक्रिझाक्री, विरोध खतिवडा, हरि पराजुली, शत्रुधन महतो, रामचन्द्र यादव, बन्शीधर मिश्र, श्रीप्रसाद साह, भरत श्रेष्ठ, प्रमेश हमाल, घनेन्द्र बस्नेत, घनश्याम भुसाल, माधब नेपाललगायतले धारणा राखिसकेका छन् ।
पार्टी कार्यालय आलोकनगरमा शुक्रबारदेखि जारी बैठकमा आगामी कार्ययोजनाको सन्दर्भमा छलफल भइरहेको छ । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकमा पार्टीको सङ्गठन सुदृढीकरण, चुनौतीहरूको सामना र राष्ट्रको हितमा पार्टीलाई सशक्त बनाउने विषयमा छलफल चलिरहेको छ । नेताहरुको कार्यविभाजनको काम पनि बैठकबाट टुङ्गो लाग्ने उनको भनाई छ। File Photo/RN