Logo

पूर्वमन्त्री एवं काठमाडौंका पहिलो मेयर पीएल सिंहको निधन



काठमाडौं, पुस १ । पूर्वमन्त्री एवं काठमाडौं महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको निधन भएको छ। सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार ८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए।

उनी वि.सं २०४६ सालसम्म चाक्सीबारीस्थित गणेशमान सिंहको निवासमै बसेर गणेशमान र मंगलादेवी सिंहलाई सहयोग गरेका थिए। उनी वि.सं २०४९ मा स्थानीय निर्वाचन जितेर पञ्चायत व्यवस्थापछि काठमाडौं नगरपालिकाका पहिलो मेयर बनेका थिए । ८७ वर्षको उमेरमा उपचारका क्रममा आज बिहान निधन भएका सिंह पेटसम्बन्धी रोगबाट पीडित थिए ।

उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ सम्म निवास चक्सिबारीमा राखिने र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा दुई घन्टासम्म राखिने बताइएको छ । उनको आजै अन्त्येष्टि गरिनेछ । उनले पछिल्लो समय कांग्रेस परित्याग गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्