Logo

प्रधानमन्त्री ओली पुषभित्रै भारत भ्रमणमा जाने : तयारीको लागि भारतीय राजदूत दिल्लीमै, परराष्ट्रमन्त्री राणापनि दिल्ली झर्दै



काठमाडौं, २ पुष । प्रधानमन्त्री केपी शर्मा ओली पुषभित्रै भारत भ्रमणमा जाने तयारीमा जुटेका छन् । चीन भ्रमण सकेर फर्किएको एक साता नबित्दै प्रधानमन्त्री ओलीले आफू छिट्टै भारत भ्रमणमा जान लागेको खुलासा गरेका थिए । अहिले भारतीय पक्षले पनि प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी थालेको उच्च स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीको भ्रमणको मिति तय गर्नको लागि परराष्ट्रमन्त्री डा. आरजु राणा यसै साता नयाँ दिल्ली ओर्लिने तय भएको छ । उनी यतिवेला युरोप भ्रमणमा छिन् । उनी दिल्ली ओर्लिएलगत्तै प्रधानमन्त्री ओलीको भारत भ्रमणको चाँजोपाँजो मिलाउने भनिएको छ । अहिले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवपनि नयाँ दिल्लीमा नै रहेको बताईएको छ ।

भारतीय राजदूत पनि प्रधानमन्त्री ओलीको भ्रमणको मिति तय गर्न दिल्लीमा रहेको बुझिएको छ । परराष्ट्रमन्त्री डा. राणा नयाँ दिल्ली ओर्लिएपछिमात्रै भ्रमणको मिति तय गरिने भारतीय पक्षको भनाई छ । यसअघि एमालेका प्रभावशाली नेता डा. राजन भट्टराईले पनि प्रधानमन्त्री ओली छिट्टै भारत भ्रमणमा जाने जानकारी दिएका थिए । उनले पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीलाई भारतबाट भ्रमणको निम्तो आईसकेको दाबीसमेत गरेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्