काठमाडौं, २ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणको काममा आफू कठोर रूपमा प्रस्तुत हुने बताएका छ्न । आज (मंगलबार) ललितपुर महानगर स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले जनताको सेवा गर्ने जिम्मेवारीमा रहेकाहरुले सोहीअनुसार भूमिका निर्वाह गर्नुपर्नेमा जोड द्यिए । उनले भने,‘जनताको सेवा गर्नेहरुले हाकिम हुँ भन्ने कुरा बिर्सनुपर्छ । घमण्ड पलाउनु हुँदैन । घमण्ड मस्तिस्कमा पसेपछि अरु केही पस्न सक्दैन ।’
उनले सरकारले शासन भएर सेवा दिने काम गरिरहेको स्पष्ट पारे । उनले अहिलेको सरकारले आर्थिक अवस्थामा पनि सुधार ल्याएको दाबी गरे । उनले भने,‘विकृतिहरूलाई हटाउने र राम्रो कल्चर भएको थिति बसाल्ने हो सरकारले, शासन होइन सेवा दिने हो सरकारको काम, ०८२ सालभित्र सडक बालबालिकामुक्त व्यवस्था गर्छ ।’ file photo