Logo

सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन्- बजारको चिन्ता छैन



स्याङ्जा, पुस ४ । स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोकका अगुवा कृषक हुमनाथ लामिछाने यस वर्ष बगैँचाबाटै सुन्तला बिक्री गरे । आफ्नो फार्ममा उत्पादित सुन्तला काठमाडौंस्थित अकिष्टा नेपाल प्रालिले खरिद गर्ने सम्झौता गरेसँगै बजारीकरणमा सहज भएको उनले बताए ।

पित्लेक कालिका कृषि फार्म र अकिष्टा नेपाल प्रालिबीच सुन्तला खरिद बिक्री गर्ने सम्झौताअनुरुप कार्यान्वयन भएकाले उत्पादित सुन्तलाको बजारीकरणमा सहज भएको लामिछाने बताउँछन् ।

ुकम्पनीसँग यसवर्ष सम्झौता भएबमोजिम प्रतिकेजी ६५ का दरले हामीले बिक्री गर्‍यौँु, उनले भने, ुकम्पनीबाट दुई–तीन जना कामदारसहित गाडी आयो, सुन्तला टिपेर लोड गरेर पठायौँ, ग्राहक खोज्नुपर्ने झन्झट भएन ।ु

लामिछानेले यस वर्ष ६० क्विन्टल सुन्तला प्रतिकेजी ६५ का दरले बेचेका छन् । ुअब तीन–चार क्विन्टल सुन्तला टिप्नै बाँकी छ त्यो पनि पठाउने तयारी भइरहेको छ,ु उनले भने ।

१० वर्ष पहिला व्यावसायिक सुन्तला खेती थालेका लामिछानेको बगैँचामा अहिले पाँच सय ५० बोट सुन्तला छन् । तीमध्ये तीन सय ५० बोटले फल दिन्छन् भने अरु बोट सानै छन् । विगत पाँच वर्षदेखि उनले सुन्तला बेचेर आम्दानी लिन थालेका हुन् । रासस



प्रतिक्रिया दिनुहोस्