काठमाडौं, पुस ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसोका लागि मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।प्रधानमन्त्री ओलीले आज अपरान्ह ४ बजे बस्ने गरि बैठक बोलाएका हुन् ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे छलफल हुने जनाइएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । हरेक साताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ ।