काठमाडौं, ४ पुष । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले अहिले एमाले नेता कार्यकर्ताको सेल्फ सेन्सरसीपले आम जनमानसमा एमाले कार्यकर्ता निम्छरो बनिरहेको बताएका छन् । पार्टीको बाग्मती प्रदेश कमिटीद्वारा आयोजित विभागीय प्रमुख र सचिवहरूको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका नेता तथा कार्यकर्ता सबैलाई आफ्नै ठाउँबाट पार्टी र नेतृत्वविरुद्ध चौतर्फी आक्रमणको प्रतिरोध गर्न अपिल गरेका छन् ।
सो क्रममा उनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि आर्थिकलगायत धेरै क्षेत्रमा सकारात्मक प्रभावहरू देखिन थालेको बताए । तर, पार्टी गतिविधिले भने अपेक्षाकृत गति नलिएको उनको गुनासो थियो । उनले पार्टीका विभागहरू नीतिगत निर्णय गर्न बनाइएको बताए । उनले जिम्मेवारीमा बस्ने कमरेडहरूले विभागहरूलाई नेता कार्यकर्ता थन्क्याउने ठाउँका रूपमा नबुझ्न आग्रह गरे । file photo