Logo

मध्यरातमा दीपक बोहोराको उद्घोष : अफवाह फैलाउनेहरूमाथि कानुनी कारबाहीका लागि साइबर ब्यूरोमा निवेदन दिँदैछु



काठमाडौं, ४ पुष । रास्वपाका नेता तथा सभापति रवि लामिछानेका सहयोगी दीपक बोहोराले आफ्नो नाम जोडेर एक फर्जी स्क्रिनसट बनाएर आफूविरुद्ध भ्रम फैलाएको भन्दै आपत्ति जनाएका छन् । उनले आफू अफवाह फैलाउनेहरुलाई कानूनी कारबाहीको लागि साईबर व्यूरो जान लागेको समेत जानकारी गराएका छन् ।

उनले रवि लामिछानेको हिरासत भिडियोमा आफ्नो नाम जोडेर बद्नाम गर्न खोज्नेहरुलाई साइबर ब्यूरोले पहिचान गर्ने र कानूनी कारबाही गर्ने विश्वास लिाएका छन् । बोहोराले फेशबुकमा लेखेका छन्-

सत्य र न्यायको लडाई
एउटा फर्जी स्क्रिनसट बनाएर मलाई चुप पार्न सक्छौ भन्ने सोच्नेहरू… तिम्रो भ्रम चकनाचुर हुनेछ! रवि दाइको हिरासत भिडियोमा मेरो नाम जोडेर बदनाम गर्न खोज्नेहरू सुन्नुहोस् – साइबर ब्युरोले तपाईंको पहिचान गर्नेछ र कानुनी कारबाही गर्नेछ।
किनकि… सत्य सधैं विजयी हुन्छ न्याय सधैं जितेर निस्कन्छ । म डराउँदिनँ, झुक्दिनँ, हार्दिनँ! रवि दाइको हिरासतभित्रको सिसिटिभी फुटेज सार्वजनिक भएपछि सुरु भएको विवादलाई गलत मोड दिन फेक सामग्री बनाएर आक्रमण गर्नेहरू सक्रिय छन्। अहिले मेरो नाम जोडेर भाइरल गरिएको फेक स्क्रिनसट एउटा नियोजित बदनाम अभियानको हिस्सा हो। यस्ता फेक समाचार र स्क्रिनसट बनाउन सजिलो भए पनि सत्यको पक्षमा लाग्ने स्वतन्त्र अभियानलाई झुकाउन, तर्साउन सजिलो हुनेवाला छैन। म यस्ता अफवाह फैलाउनेहरूमाथि कानुनी कारबाहीका लागि साइबर ब्युरोमा निवेदन दिँदैछु।



प्रतिक्रिया दिनुहोस्