Logo

यस्तो छ आज देशभरको मौसम पूर्वानुमान



काठमाडौं, पुस ५ । हाल देशमा रहेको पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा छ । तराई, खोँच तथा उपत्यकाका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।

आज दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । त्यस्तै, आन राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्