काठमाडौं, पुस ५ । बिहीबार स्थगित मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। हिजो स्थगित बैठक आज दिउँसो १ बजे बस्ने तय भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि हिजोको बैठक स्थगित गरिएको थियो ।
मन्त्रिपरिषद बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल हुने बताइएको छ । बिहीबार प्रधानमन्त्री ओली अस्वथ्य भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा इन्डोस्कोपी गरिएको थियो ।
इन्डोस्कोपी गरेपछि प्रधानमन्त्री ओली बिहीबार दिनभर बालुवाटारमै आराम गरेर बसेका थिए। उनी बिहीबारका लागि पूर्वनिर्धारित कार्यक्रममा सहभागी भएका थिएनन् । प्रधानमन्त्री ओलीको आज पनि कुनै सार्वजनिक कार्यक्रम नराखिएको छैन् ।