काठमाडौं, ६ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल प्रिमियर लिग पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई ज्ञापन गरेका छन् । दाहालले प्रतियोगिताको उपविजेता सुदूरपश्चिम रोयल्सलाई पनि बधाई ज्ञापन गरेका छन् ।
एनपिएलको फाईनल खेल हेर्न त्रिवि मैदानमा पुगेका दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै विजेता टिमलाई ट्रफी प्रदान गरेका थिए ।
दाहालले फेशबुकमार्फत भनेका छन्–‘..नेपाली क्रिकेटको महापर्व ३ल्एीद्दण्द्दद्ध भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। यसले नेपाली खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान गरेको छ।प्रतियोगितामा सहभागी सबै टिम, आयोजक, व्यवस्थापक, खेलप्रेमी दिदीबहिनी तथा दाजुभाइमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’