Logo

देश धेरै हिसाबले अगाडि लम्किएको प्रधानमन्त्री ओलीको दाबी



सुनसरी, ६ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको दाबी गरेका छन् । नेपाल जेसिजको ५१औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज इटहरीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि र पछाडिका पूर्वाधार र आर्थिक विकास तथा रोजगारीका अवसरलगायत क्षेत्रमा व्यापक भिन्नता आएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने-“हामीलाई चाहिएको मानव जातिको सुख हो । हाम्रा मेहनतको ध्येय सुख पाउनु हो । ज्ञान, बुद्धि र मति कस्तो छ भन्ने आधारमा मानिसको मूल्याङ्कन हुन्छ । ती तिनै भएपनि बुद्धि भ्रष्ट भएमा काम लाग्दैन । मानिसमा शालिनता र विनम्रता चाहिन्छ । आफूभित्र घमण्ड हुनु हुँदैन ।” उनले मानिसले प्राप्त गरेको ज्ञान र बुद्धिलाई ठीक मतिले प्रयोग गर्न सकेमा मानवीय सुख प्राप्त गर्न सकिने बताए ।



प्रतिक्रिया दिनुहोस्