Logo

शाश्वत स्मृति प्रतिष्ठानद्वारा सम्मान तथा पुरस्कार प्रदान



काठमाडौं । शाश्वत आचार्य स्मृति प्रतिष्ठान नेपालगन्जले शाश्वत आचार्यको १९ औं स्मृति दिवसका अवसरमा साहित्य, स्वास्थ्य र समाजसेवामा योगदान पु¥याएका साहित्यकार, स्वास्थ्यकर्मी तथा समाजसेवीलाई शाश्वत आचार्य स्मृति पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।

आइतवार आयोजित एक कार्यक्रममा नेपाली साहित्य तथा समालोचना क्षेत्रमा उल्लेख्य योगदान पु¥याएबापत डा. टीकाराम उदासी एवम् नीलसागर संस्थामार्फत वृद्ध तथा असहायजनको सेवा गरेबापत समाजसेवी नीलसागरकी संस्थापक सरिता खनाललाई दश÷दश हजार राशिको शाश्वत स्मृति पुरस्कार दिइएको छ । यसैगरी स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएबापत डा. दुर्गा प्रधान (मरोणापन्त), डा. विनोद खेतानलाई शाश्वत स्मृति सम्मानद्वारा सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य प्राज्ञ महानन्द ढकालले पुरस्कृत तथा सम्मानित व्यक्तित्वलाई खादा, माला, दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गर्दै समाजमा हरेक व्यक्तिको आ-आफ्नो क्षेत्रमा उत्तिकै महत्त्व हुने गर्दछ, हरेकको प्रयासबाट समाज परिवर्तन हुने भएकोले हरेकले आफूले सम्हालेको क्षेत्रमा इमानदार बन्नु जरूरी भएको बताउनुभयो । प्रतिष्ठानले योगदानको आधारमा सम्झनै पर्ने व्यक्तिलाई सम्झेकोमा खुसी लागेको बताउनुभयो ।
कार्यक्रमका सभापति तथा प्रतिष्ठानका अध्यक्ष प्रा.डा. जनार्दन आचार्यले यस प्रतिष्ठानले साहित्य, कला, स्वास्थ्यलगायत समाजसेवाको क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।

नरेन्द्रनाथ योगीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा डा. टीकाराम उदासी तथा डा. विनोद खतानले मन्तव्य राख्नुभएको थियो । नवीन अभिलासी, चरित्रा शाह, एम रेग्मी र चन्द्रावती अधिकारीले कविता वाचन गर्नुभएको यस कार्यक्रममा प्राज्ञ हरि तिमिल्सिना, खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारी, कोहलपुर वाङ्मय प्रतिष्ठानकी उपाध्यक्ष सुमित्रा न्यौपाने, पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्कर रिजाल, किरण आचार्य, विष्णुपादुका, भरत रानाभाट, भीमबहादुर शाही, मणि अर्याल, कल्पन पौडेल, बद्री ढकाल हीरामणि, खोपीराम ओलीलगायत करिब पाँच दर्जनभन्दा बढी स्रष्टाको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन साहित्यकार खगेन्द्र गिरी कोपिलाले गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्