Logo

शेखर, विष्णु र नारायणकाजीलाई सुन्दरमणि दीक्षितको सुझाव : देश बनाउन मिलेर अघि बढ्नुहोस



काठमाडौं, ९ पुष । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले कांग्रेस, एमाले र माओवादीका दोस्रो तहका नेताहरुसँग अन्तरक्रिया गरेका छन् । आफू ८४ वर्ष पुगेको अवसरमा आफ्नै निवास पाटनढोकामा आयोजित एक समारोहमा कांग्रेसबाट डा. शेखर कोइराला, एमालेबाट विष्णु पौडेल र माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठपनि सहभागी थिए ।

डा. दीक्षितले तीनै जनालाई एक ठाउँमा राखेर देश बनाउन आग्रह गरेका हुन् । उनले भनेका थिए,‘तपाईंहरु तीनै दलका नेताहरु मिलेर जानुहोस । देश बनाउनुपर्छ । जनताले दलीय व्यवस्थाको विकल्प खोज्न थालेका छन् । विचार गर्नुहोस ।’ दीक्षितले उपस्थित् सबै पाहुनालाई नेपाली थाली पस्किएका थिए । Photo Source : Dr. Sameer Mani Dixit/Twitter



प्रतिक्रिया दिनुहोस्